दफा ६४
स्थानीय तहले बालबालिकाको अधिकार प्रचलन गराउने
(१) कसैले परिच्छेद–२ बमोजिमको बालबालिकाको अधिकार उल्लङ्घन गरेमा वा परिच्छेद–३ बमोजिम बालबालिकाप्रतिको दायित्व पूरा नगरेमा सो अधिकारको प्रचलन वा दायित्व पूरा गराउनको लागि सम्बन्धित बालबालिका वा सरोकारवालाले बालबालिका रहे बसेको स्थानीय तहको न्यायिक समितिमा निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा न्यायिक समितिले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र सम्बन्धित व्यक्तिलाई झिकाई आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा सम्बन्धित व्यक्तिले बालबालिकाको अधिकार उल्लङ्घन गरेको वा बालबालिकाप्रतिको दायित्व पूरा गरेको नदेखिएमा न्यायिक समितिमा निवेदन परेको तीस दिनभित्र बालबालिकाको अधिकार प्रचलन गराउन वा बालबालिकाप्रतिको दायित्व पूरा गर्न स्थानीय तहका सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई आदेश दिनेछ।
(४) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा बालबालिकाको अधिकारको प्रचलन वा बालबालिकाप्रतिको दायित्व पूरा गराउने विषय आफ्नो अधिकार क्षेत्रभित्र पर्ने नदेखिएमा न्यायिक समितिले बाल अधिकारको प्रचलन वा बालबालिकाप्रतिको दायित्व पूरा गराउनका लागि सम्बन्धित अन्य स्थानीय तहको न्यायिक समितिलाई लेखी पठाउनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम लेखी आएमा सम्बन्धित स्थानीय तहको न्यायिक समितिले पनि उपदफा (३) बमोजिम बालबालिकाको अधिकारको प्रचलन वा बालबालिकाप्रतिको दायित्व पूरा गराउने व्यवस्था मिलाउनु पर्नेछ।
(६) यस दफा बमोजिम बालबालिकाको अधिकारको प्रचलन वा बालबालिकाप्रतिको दायित्व पूरा गराउँदा न्यायिक समितिले बालबालिका, संरक्षक वा परिवारका व्यक्तिलाई आवश्यक सुझाव दिन वा संरक्षक वा परिवारका व्यक्तिलाई सचेत गराउन सक्नेछ।